सन्तोष न्यौपाने÷झापा 

झापा जिल्लास्थित विभिन्न नाकाबाट अवैधरुपमा भारतीय सामाग्रीहरुको चोरी निकासीमा बृद्धि भएको छ । चाड पर्व नजकिएसंगै तस्करहरुको बढ्दो प्रभाव र सक्रियताका कारण यस क्षेत्रका विभिन्न नाकाबाट ब्यापक तस्करी भएको हो 

। झापा  जिल्लास्थित कांकरभिट्टा, नकलबन्दा, सत्तीघट्टा, कुमरखोद,  कचनकबल लगायतका  नाकाबाट दिनहुँ भारतीय सामग्रीहरुको चोरी निकासी हुदैं आएको हो । प्रहरीले दैनिक सञ्चार माध्यमलाई पठाउने गरेको चोरी पैठारीको सामान बरामदको  मेलले पनि जिल्लाका बिभिन्न सीमा नाकाबाट तस्करी भइरहेको पुष्टि हुन्छ । प्रहरीले सामान बरामद गरे पनि  त्यसमा संमलग्नलाई पक्राउ गर्दैन । केरीयर तथा तस्करीमा संमलग्नलाई पक्राउ गरेर जरो सम्म पुग्ने प्रयत्नमा प्रहरी प्रशासनको चासो छैन । 

भन्सार छलेर ल्याइने यस्ता भारतीय सामग्रीहरुमा  चिनी, तेल, चामल, मलखाद्य,  स्पेयर पार्टस्, कुखुराका चल्ला, अण्डा, कस्मेटिक तथा कपडा , खेलकुदलगायतका सामग्रीहरु रहेका छन् । 

तस्करहरुले दिनहुँ खुलेआम भारतीय सामग्रीहरु अवैधरुपमा नेपाल भित्र्याउने गरेका कारण सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजस्व चुहावट भइरहेको छ । 

saannnnnnnnn

सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउन थालेपछि मेची भन्सारको केहि राजश्व संकलन बृद्धि भएको छ । तर यो नियम कार्यन्वयन हुनु अघि मुख्य कांकरभिट्टा नाका हुंदै दैनिक ४ हजार बढी मानिस दैनिक सामाग्री किनमेल गर्न जाने गरेका थिए । तर अघिले सो सङ्ख्या ह्वात्तै घटेको छ । 

परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै साउन १ गतेदेखि भारतीय बजारमा नेपालीले किनमेल गरेर ल्याएको एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लिन थालेको हो । तर अहिले मुख्य कांकरभिरट्टा नाकामा कडाई भएसंगै तस्करीमा संमलग्न तथा पोकेहरुले अहिले मुख्य नाका प्रयोग गर्न कम गरेका छन् । 

उनीहरुले शसस्त्र र प्रहरीको लाइनमा मेची भन्सार दक्षिण भान्सा खेला चोक सहित  दशगजामा रहेको ९०÷१ पिलर आसपास , तथा सत्तीघट्टाबाट लाइन चलाएर माल कटाइरहेको प्रहरी स्रोतले बतायो । मुख्य नाकामा कडाई भएपछि शसस्त्र र जनपथ प्रहरीसंग लाइन मिलाएर अहिले सत्तीघट्टा र भान्सा खोला आसपासबाट सामान कटाइने गरेको स्रोतको भनाई छ । 

जिल्लाका मुख्य सहित साहयक नाका तथा गौंडाहरुमा  नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेता पनि तस्करी नियन्त्रणमा भने उनीहरुको खासै भूमिका देखिंदैन ।  

सुरक्षाकर्मीहरुकै मिलेमतोमा यस क्षेत्रबाट तस्करी हुँदै आइरहेको स्थानीयको दावी छ । स्थानीय तथा वारीपारीमा समलग्नहरु ऋाफ्नो रोजीरोटी गुम्ने डरले आफ्नो नाम नलेखिदिन आग्रह गर्छन । 

मुख्य नाका सहित अन्य साहयक नाका तथा गौंणमासम्म कुरेर पैसा असुल्ने काममा प्रहरीनै संंलग्न छन् । उनीहरुले सामान्य घरायसी प्रयोजनकालागि सामान लिएर ब्यक्तिसंग पनि अरिरिक्त रकम असुल्छन् । 

अवैध ओसारपसार गर्नेसँग लाइन मिलाएर पैसा असुल्ने गरेको प्रहरी प्रशासन लाइन नमिलेको खण्डमा बेला बेला काम देखाउन मात्र सामान पक्र्ने गरेको स्रोत बताउंछ ।  

‘तस्करी बृद्धि हुनुमा सुरक्षाकर्मीकै संलग्नता छ, माथिल्लो हाकिमहरुलाई मिलाएर यहाँ तस्करीको लाइन सञ्चालन भइरहेको छ, मासिक नजराना दिएर सञ्चालित तस्करी फस्टाउदै गएको छ एक प्रहरी भन्छन् । ’

 तस्करी रोक्नेतर्फ सीमामा रहेको इलाका प्रहरी कार्यालय कांकरभिट्टा , शसस्त्र प्रहरी मौन रहेकोले उनीहरुको मिलेमतो हुने स्थानीयको दावी छ ।