घरको छतबाट झरेर बिर्तामोडमा एकजनाको मृत्यु भएको छ । केही महिनाअघि भारतीय सैनिकबाट सेवानिवृत्त भएर घर फर्केका बिर्तामोड– ५ सुव्वाचोक बस्ने ४८ वर्षिय कबिरमान थिङ तामाङको आज आइतबार बिहान आफ्नै तीनतले घरको छतबाट झरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

 छतबाट खसेर घाईते भएका तामाङलाई उनकी श्रीमती र छोराले उपचारका लागि बीएण्डसी अस्पताल पुर्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 


करिव १० वर्षअघि मृतकका पिता भीमबहादुर थिङ तामाङको पनि सोही घरको छतबाट झरेर मृत्यु भएको थियो ।