एशिया कप २०२३ को उपाधि भारतले जितेको छ । तीव्र गतिका बलर मोहम्मद शिराजको घातक बलिङको सहयोगमा आइतबार भएको फाइनलमा श्रीलंकालाई १० विकेटले हराउँदै भारतले आठौँ पटक एशिया कपको उपाधि जितेको हो ।

जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले ६ दशमलव १ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो ।

भारतकालागि शुभमन गिलले अविजित २७ र ईशान किशनले २२ रन बनाए । त्यसअघि कोलोम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले १५ दशमलव २ ओभरमा अलआउट हुँदै ५० रन बनाएको थियो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि मोहम्मद शिराजले ६, हार्दिक पान्ड्याले ३ र जस्प्रित बुमराहले १ विकेट लिए ।