चारपाने : श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल कोशी प्रदेश जिल्ला कार्य समिति झापाको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिर्तामोड–२ स्थित चारापानेको श्री कृष्ण प्रणामी मन्दिरमा बुधवार (आज) साधारणसभा सम्पन्न भएको हो । झापा अध्यक्ष मिरा अधिकारी (ओली) को अध्यक्षता तथा बाइजुराज महिला समिति नेपाल कोशी प्रदेश संयोजक गंगा घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत बाइजुराज जिल्ला सदस्य बिष्णुमाया सिटौलाले गरेकी थिइन् ।

88877777

कार्यक्रममा अध्यक्षको प्रतिवेदन ओली र कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष कल्पना वाग्ले तिम्सिनाले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा श्री कृष्ण प्रणामी मन्दिर चारपानेका बाइजुराज इकाई अध्यक्ष यशोदा उप्रेती, युवा परिषद केन्द्रिय सदस्य मदन अधिकारी, जिल्ला अध्यक्ष टहलदास ओली, संत्संग सेवा परिषद झापा अध्यक्ष मिलन बस्नेत, बाइजुराज केन्द्रिय सदस्य अस्मिता खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

887

कार्यक्रममा बाइजुराज प्रदेश सदस्य प्रतिभा सापकोटा, निर्मला गिरी, शनिश्चरे मन्दिर इकाई बाइजुराज अध्यक्ष बिन्दिया बस्नेत चारपाने मन्दिर युवा परिषद प्रास अध्यक्ष बासु पाण्डेलगायत जिल्लाका बिभिन्न इकाईका सुन्दर साथहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव मेनुकादेबी सिटौलालले गरेकी थिइन् ।