नेपाल क्रिकेट संघ क्यानको सचिवमा पूर्व क्रिकेटर पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा अर्का प्रत्यासी प्रशान्त बिक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् ।

पारसले ४८ मत प्राप्त गरे भने प्रत्यासी प्रशान्तले ३७ मत प्राप्त गरे । खेल जीवनबाट सन्यास लिएको दुई वर्षमै पारस क्रिकेटको मुख्य पदमा निर्वाचित भएका हुन् ।

प्रशान्त क्यानका पूर्व कार्यवहाक सचिव हुन् । यसैगरी, क्यानको कार्यसमिति सदस्यमा कोशी प्रदेशबाट अर्जुन पौडेल, बागमतीबाट दिवाकर घले, गण्डकीबाट सुदीप शर्मा, सुदूरपश्चिमबाट विक्रम विष्ट र मधेश प्रदेशबाट माधव कर्माचार्य विजयी भए ।

क्यानको महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी र लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध निर्वाचित भएका हुन् । खुल्ला सदस्यमा धिरेन्द्र सावद, दुर्गा पाठक, आयुस श्रेष्ठ, विरेन्द्र चन्द, करन महत्रा क्षेत्री निर्वाचित भए ।।