झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको इकाइगत साधारणसभा शुरु भएको छ ।
असोज २७ गते हुने संस्थाको १३ औं वार्षिक साधारण सभा अन्तरगत आइतबार (आजदेखि) इकाइगत साधारणभा शुरु भएको हो ।
पहिलो दिन बिर्तामोड, दमक, सुरुङ्गामा इकाइगत साधारणसभा गर्दै सदस्यहरुमाझ प्रतिवेदन माथि छलफल गरिएको हो ।
झापा, मोरङ र इलाम र पाँचथर जिल्लामा ५० वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको सिम्रिक साकोसले शनिश्चरे बजार, गरामनी, बिर्ताबजार, बिर्तामोड र बिर्तामोडको शनिश्चरे रोड अन्तरगतका सदस्यहरु सहभागी गराएर बिर्तामोडमा प्रथम इकाइगत साधारणसभा समपन्न गरेको हो ।
यस्तै, लक्ष्मीपुर, कामाटोली र सुरुङ्गा बजार सेवाकेन्द्र अन्तरगतका सदस्यहरु सहभागि गराएर सुरुङ्गामा अर्को इकाइगत साधारणसभा गरिएको थियो ।
त्यस्तै दमकमा पाडाजुंगी, क्याम्पसमोड, पुरानो आम्दा र पशुहाट सेवाकेन्द्र अन्तरगतका सदस्यहरुलाई सहभागी गराएर इकाइगत साधारणसभा गरिएको थियो ।
२०६७ साल चैत्र ३ गते स्थापना भएको संस्थाले स्थापनाको छोटो अवधिमा उल्लेख्य प्रगति गरेको छ । संस्थाका अध्यक्ष सुवास भट्टराईले आर्थिक मन्दीले तरलता संकुचन भएको कारण लक्षित उपलब्धी हासिल गर्न नसकिए पनि संस्थाले आफ्ना सबै सेयर सदस्यहरुलाई ६ दशमलव ८३ प्रतिशत शेयर बोनस वितरण गर्ने तथा सक्रिय कारोबारी सदस्यहरुलाई ९२ लाख ११ हजार ७२१ रुपैयाँ १५ पैसा संरक्षित पुँजी फिर्ता गर्ने प्रस्ताव प्रतिवेदन मार्फत बताएका थिए ।
पछिल्लो समय देखिएको आर्थिक संकटमा पनि संस्थाले आफ्ना सदस्यहरुले माग गरे बमोजिम कर्जा उपलब्ध गराउंदै आएको संस्थका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए । उनले आफ्ना सदस्य तथा तीनका परिवारलाई जन्मदेखि मृत्युसम्ममा हरेक कार्यमा सिम्रिक साकोसले सहयोग गर्दै आएको जानकारी दिए ।
संस्थाले वितेको एक वर्षमा मात्रै सामाजिक उत्तरदायित्व अन्तरगत सदस्य र समुदायको लागि १ करोड ६३ लाख २६ हजार ३७५ रुपैयाँ खर्चिएको उनले बताए ।
सदस्य ५९ हजार २६३ शेयर सदस्य रहेको संस्थाको ३२ करोड ६६ लाख ५ हजार ९ सय रहेको छ । संस्थाले यस बर्ष ५ करोड ७९ लाख २८ हजार ३३४ रुपैंया नाफा गरेको छ ।
त्यस्तै कार्यक्रममा गरामनी सेवा केन्द्रका सदस्य रमेश तिम्सिनालाई उत्कृष्ट बचतकर्ता, शनिश्चरे रोड सेवा केन्द्र सदस्य प्रकाश बांस्तोलालाई उत्कृष्ट क्रृणि बिर्तामोड सेवा केन्द्र सन्जा कुमारी धोबीलाई संस्थाले उत्कृष्ट बचतकर्ताको रुपमा सम्मान गरेको छ । उनीहरुलाई नगद ५ हजार रुपैंया सहित सम्मानपत्रद्धारा सम्मान गरेको हो । त्यस्तै संस्थाले बिभिन्न सेवा केन्द्रका सदस्यलाई राहत रकम पनि वितरण गरेको थियो ।
संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल लगायतले शुभकामना मनतब्य राखेको कार्यक्रममा संस्थाका विभागीय प्रमुख मीनबहादुर अधिकारीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन
प्रेम बस्नेत (विजय)ले गरेका थिए । भोलि (सोमबार) इलामको दानाबारी सेवाकेन्द्र र अर्जुनधाराको खुदुनाबारी सेवा केन्द्र अन्तरगतका सदस्यहरु सहभागी गराएर खुदुनाबारीमा इकाइगत साधारणसभा गरिने जनाइएको छ ।