प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं छिङछोङ महानगरपालिका सचिव युआन जियाजुनविच आज भेटवार्ता भएको छ ।

चीनको औपचारिक भ्रमणको क्रममा दक्षिण पश्चिम सहर छोङछिङमा भेटवार्ता भएको हो । भेटमा दाहालले छोङछिङ सहरले विगतमा दिएको राजनीतिक योगदान र हिजोआज विकास निर्माणमा गरेको प्रगतिबाट आफू प्रभावित भएको बताए ।

जियाजुनले प्रधानमन्त्री दाहालसँग विगतमा भएका गहिरो कुराकानीबाट उच्चस्तरको सम्बन्ध स्थापित भएको प्रतिक्रिया जनाएका छन । भेटवार्तामा प्रधानमन्त्रीसँगै भ्रमण दलमा सदस्यहरु पनि सहभागी थिए ।।