शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाको समग्र विकास निर्माणका बारेमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग मंगलबार छलफल भएको छ । झापा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य तथा सभामुख घिमिरेले छलफलका क्रममा अर्जुनधाराको विकास निर्माणका बारेमा प्राथमिकताका आधारमा योजना अघि बढेको बताए ।

सरकार दिगो ढंगले चल्न नसकिरहेको अवस्थामा बजेट अभावले विकास निर्माणका कामहरु हुन नसकिरहेको बताउँदै उनले जनप्रतिनिधि अप्ठ्यारो परिस्थितिबाट गुज्रिनु परेको सुनाए । ठेक्का सम्झौता भइसकेका सडक निर्माण गर्न सरकार लागिपरेको सुनाउँदै उनले शनिश्चरे जयपुर सडक समयमा निर्माण हुन नसकेकोमा दुःख व्यक्त गरे ।

384146658_637049655245305_7033871893653171852_n

त्यस्तै, कप्तानबाढी कालिस्थान खतिवडा चोकहुँदै निर्माण हुने वैकल्पिक सडकको निर्माण हुने कुरामा विश्वस्त हुन नसकिने पनि उनले सुनाए । संघीय सरकार र प्रदेश सरकारबाट योजनामा परेका बजेटलाई कार्यान्वयनमा लैजान आग्रह गर्दै उनले विकास निर्माणको काम गर्ने वातावरण बनाउन स्थानीयलाई उनले आग्रह गरेका छन् ।

384220683_335877318807565_3612048856425423782_n

सभामुख घिमिरेको पहलमा यस आर्थिक वर्ष करिब ३५ करोड बराबरका ५६ वटा योजना अर्जुनधारा क्षेत्रमा परेका छन् । जसमा प्राथमिकताका आधारमा योजना पारिएको बताइएको छ । सभामुखको सचिवालयका अनुसार पहिलो प्राथमिकतामा खोलाको तटबन्धन निर्माण रहेको छ भने दोस्रोमा अर्जुनधारा ८ को शनिश्चरे बजारको सौन्दर्यकरणलाई प्राथमिकतामा राखिएको छ ।

यसैगरी, नगरमा रहेका सडक निर्माण, पर्यटन र दूध तथा मासुको प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको सचिवालयले जनाएको छ । अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा भएको छलफलमा अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्काले व्यापारीका समस्या तथा झापाको पुरानो बजार शनिश्चरेलाई चलायमान बनाउन ध्यानाकार्षण गराएका थिए ।

यस्तै, शनिश्चरे बहुमुखी क्याम्पस प्रमुख मोहन ओलीले क्याम्पसलाई प्राविधिक शिक्षामा लैजान, भूमि आयोग अर्जुनधाराका फोकल पर्सन वीरबहादुर राईले नगरमा रहेका अव्यवस्थित बसोबासीको समस्या समाधान, राप्रपा अर्जुनधाराका अध्यक्ष सूर्य खतिवडा, एकीकृत समाजवादी अर्जुनधाराका अध्यक्ष अर्जुन मेचेले पनि आफ्ना जिज्ञासा राखेका थिए ।

यसैगरी, सञ्चारकमी दिपिन राईले नगरमा रहेका सञ्चारमाध्यम र सञ्चारकर्मीका समस्या तथा निर्माणाधीन अर्जुनधारा प्रेस क्लबको सूचना केन्द्र भवनका बारेमा अवगत गराएका थिए । युवा नेतृ रोजिना पाण्डेले नगरमा बढ्दै गरेको लागुऔषध दुव्यर्सन न्यूनीकरणका लागि आवश्यक पहल गर्न ध्यानाकर्षण गराइन् । उनले बढ्दो बेरोजगार समस्या र वैदेशिक रोजगारको विकल्पको खोजी नितान्त आवश्यक रहेको सुनाइन् ।

कार्यक्रममा अर्जुनधारा ७ का तुलसी श्रेष्ठले सुकुम्बासीका समस्याका विषयमा २११ जनाले हस्ताक्षर गरेको ज्ञापन पत्र र पालिका कर्मचारी संघर्ष समिति झापाका प्रवक्ता राजु गिरीले कर्मचारीका माग सभामुखसमक्ष प्रस्तुत गरेका थिए । सभामुख घिमिरेको टोलीले अर्जुनधाराको बिर्तामोड(शनिश्चरे सडक खण्ड, शनिश्चरे(जयपुर, कालिस्थान(सेतीपानी, खुदुनाबारी र बाढीले क्षतिग्रस्त बनाएको विरिङ पुलको अध्ययन अवलोकन गरेको थियो