राजगढ।सिम्रिक बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र राजगढको इकाइगत साधारणसभा सम्पन्न भएको छ । बाह्रदशी गाउँपालिका वडा नम्बर ३ राजगढमा रहेको सामुदायिक भवनको सभाहलमा आज मङ्लबार इकाइगत साधारणसभा सम्पन्न गरेको हो। यही असोज २७ बिर्तामोड स्थित आदर्श व्याङ्क्वेटमा हुने संस्थाको मुल माइन्युट प्रमाणित सभाकालागि अघिले धमाधम इकाइगत साधरणसभा भइरहेको हो ।
झापा, मोरङ, इलाम र पाँचथर गरी ४ जिल्लामा ५० वटा सेवा केन्द्र र ६० हजार हाराहारी शेयर सदस्य रहेको यस सहकारीले असोज ७ गतेबाट ११ गते सम्ममा ७ वटा इकाई मार्फत मुल माइन्युट प्रमाणितका लागि प्रतिनिधी छनोट गरिरहेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
संसथाका अध्यक्ष सुबास भट्टराईको अध्यक्षता र बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्ता खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारसभामा अध्यक्ष भट्टराईले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको कुल सम्पती २ अर्व ९३ करोड ६२ लाख ९४ हजार ६०७ रुपैयाँ रहेको छ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता मेनुका नेपाल र उत्कृष्ट ऋणी निर्मला राजबंशीलाई नगद ५ हजार सहित सम्मान समेत गरिएको थियो । त्यस्तै संस्थाले बाह्रदशी इकाइ अन्तरगत पर्ने राजगढ सेवाकेन्द्र र गोलधाप सेवाकेन्द्रका १२ जना सदस्यहरुलाई कुल २ लाख २७ हजार १७२ रुपैयाँ राहत रकम समेत प्रदान गरेको छ। संस्थाले क्यान्सर तथा विभिन्न रोगबाट ग्रस्त सदस्यहरु लगायत सुत्केरीहरुलाई समेत राहत रकम प्रदान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खरेलले सिम्रीक सहकारीको प्रशंसा गरेकी थिइन । संस्थाका गोलधाप सेवाकेन्द्र प्रमुख सुगम बस्नेतले संचालन गरेको कार्यक्रमलाई विभागीय प्रमुख मीन बहादुर अधिकारीले स्वागत गरेका थिए।कार्यक्रममा बाह्रदशी ३ का वडाध्यक्ष टंकप्रसाद साह लगायतले शुभकामना मन्तव्य राखेका थिए।