बिर्तामोड । झापामा सञ्चालित ‘बिर्तामोड चिल्ड्रेन’अस्पताल दोस्रो वर्षमा प्रवेश गरेको छ । बुुधवार आज अस्पतालले प्रथम बार्षिकोत्सव मनाएको हो ।

मेची प्रदेशिक अस्पताल भद्रपुुरका पूूर्व मेडिकल सुुपरिटेण्डेन्ट डा। पिताम्वर ठाकुुरको प्रमुुख आतिथ्यता तथा अस्पताल व्यवस्थाप समिति अध्यक्ष लीला मैनालीको अध्यक्षतामा चिल्डे«न अस्पतालले प्रथम बार्षिकोत्सव मनाएको हो ।

78888

जिल्लाकै पहिलो वाल अस्पतालका रुपमा स्थापित यो अस्पतालले छोटो समयमा धेरै बालबालिकाको सफल उपचारमा सहयोग पुु¥याएको अस्पतालका निर्देशक डा. सुुजता मैनाली आचार्यले  बताईन् । उनले आर्थिक अभाव भएका बिरामीलाई निशुल्क उपचार गर्ने व्यवस्था गरिएको जानकारी दिइन् । अस्पतालमा  दक्ष र अनुभवी चिकित्सकले उपचार गर्ने हुँदा बालबालिकाको उपचारका लायि अन्यत्र जानुपर्ने अवस्था नरहेको बताइन् ।

अस्पतालले २४ सै घण्टा आपतकालीन सेवा, वालरोग विशेषज्ञ ओपीडी सेवा, वातानुुकुुलित वाल मैत्री बच्चा वार्ड , नवजात शिशूूको जन्डिस घटाउने फोटो थेरापी सेवा सहित वालरोगसंग सम्वन्धित विभिन्न सेवा प्रदान गर्दै आएको अस्पतालका सञ्ञ्चालक तथा वालरोग विशेषज्ञ डा। रुपक आचार्यले बताए । 

9999

उनले  एक बर्षको अवधिमा १ हजार ६७०  जना बालबालिकाको उपचार गरिएको बताए । उनले अस्पतालमा आधुनिक ल्याव निर्माण संगै नवजात शिशुको उपचारका लागि छुट्टै वार्ड निर्माण गरिएको जानकारी दिए ।  

20230927_125213

उद्घाटन समारोहमा जिल्ला समन्वय समिति झापा उपप्रमुुख शान्ता रोक्का, राष्ट्रिय उपभोक्ता महासंघका झापा अध्यक्ष मदनगोपाल सुुब्बा, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी,बिर्तामोड साना शहरी खानेपानी उपभोक्ता संस्थाकी कोषाध्यक्ष सारदा रिजाल सरु न्यौपाने लगायतले शुुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्ञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोडी उपाध्यक्ष नैनकला भट्टराईले गरेकी थिइन् ।  

20230927_130447

कार्यक्रममा बोल्दै अस्पताल अध्यक्ष मैनालीले १५ वेडमा सञ्ञ्चालित अस्पताललाई २५ वेडमा स्तरोन्नति गरेर लाने योजना रहेको जानकारी गराइन् ।