झापा । झापाको अग्रणी सहकारी संस्था विर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा अन्तरगत ईकाईस्तरीय साधारणसभा सम्पन्न गर्नेक्रममा बुधबार भद्रपुरमा सम्पन्न गरेको छ ।
संस्थाले आफ्ना ५९ हजार २६३ जना सेयर सदस्यहरुलाई पायक पर्ने गरी इकाईगत साधारण सभा गर्दै आएको छ ।
संस्थाले भद्रपुर–८ स्थित नेपाल सामुदायिक विकास केन्द्रको सभाहलमा भद्रपुर, बनियानी र चन्द्रगढी सेवाकेन्द्रअन्तर्गका शेयर सदस्यहरुका बीचमा इकाईगत साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका ससचिव एन्द्रबहादुर राईको अध्यक्षतामा आयोजित इकाईगत साधारणसभाको उद्घाटन भद्रपुर नगरपालिका, वडा नं ३ का वडाध्यक्ष हेमबहादुर कार्कीले गरेका थिए । संस्थाको ०७९÷०८० को वार्षिक प्रतिवेदनका सम्बन्धमा जानकारीसमेत दिइएको सो साधारणसभाका अवसरमा एकजना असल ऋणी र एकजना असल वचतकर्तालाई सम्मान गरिएको थियो भने बिरामी भई सदस्य वा सदस्यका परिवारजनको उपचार खर्चवात ६ जना सदस्यलाई सदस्य राहत सुविधा कार्यक्रमअन्तर्गत राहत रकम प्रदान गरिएको थियो ।
उत्कृष्ट वचतकर्ताको रुपमा चन्द्रगढी सेवा केन्द्रकी सपना क्षेत्री र उत्कृष्ट ऋणी सदस्यका रुपमा बनियानी सेवा केन्द्रकी सरिता शिवाकोटीलाई जनही पाँच हजार नगरसहित सम्मानपत्र प्रदान गरिउको थियो । समारोहका प्रमुख अतिथि कार्की, विशेष अतिथि भद्रपुर नगरपालिका, वडा नं ५ का वडा सदस्य जेष्ठमल ठाकुरलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।
राहत सुविधा पाउनेहरुमा रीना माझी, जानकी राजवंशी, सुनो राजवंशी, अनिता राजव.शी, मनिषा हल्वाई कान्दु र नगिना मुसलमान खातुन रहेका छन् ।
संस्थाका विभागीय अधिकृत मीनबहादुर अधिकारीले सञ्चालन गरेको साधारणसभाको बन्दसत्रले वार्षिक प्रतिवेदन पारित गरेको थियो । कोशी प्रदेशका चार जिल्लामा कार्यक्षेत्र रहेको संस्थाले आ. व. ०७९÷०८० मा ११ दशमलव ६४ प्रतिशतले बृद्धि गरी २ अर्ब ९३ करोड ६२ लाख ९४ हजार ६०७ रुपैयाँको वासलात बनाएको छ ।