सुरुङ्गा : कनकाई धाम धार्मिक बिकास संस्थाको आगामी असोज १५ गते हुने निर्वाचनमा दुई प्यानल बिच कडा प्रतिस्पर्धा हुने देखिएको  छ । बिभिन्न राजनीतिक दलको साझा प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार  नरेन्द्रप्रसाद फुयालको समुह  र स्वतन्त्र प्यानलको तर्फबाट अध्यक्षका उम्मेद्वार शेरबहादुर थापा नेतृत्वको समुहबिच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

चुनावी मिति नजिकिएसंगै दुबै प्यानलले प्रचार प्रुार तिब्र बनाएका छन् । यहि क्रममा  साझा प्यालले शुक्रवार (आज) सुरुङ्गामा पत्रकार भेटघाट मार्फत २० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्दै निर्वाचनमा आफ्नो समुहको जित निश्चित रहेको  दावी गरेको छ ।

चुनाव प्रचारप्रसार समितिका सह–संयोजक लीला चिमरियाले मुलुकमा तीन तहमा स्वतन्त्र समुहको सरकार नरहेकाले स्वतन्त्र समूहले जितेको खण्डमा पनि काम गर्न नसक्ने र कोटिहोमको विकासकालागि आवश्यक बजेट ल्याउन नसक्ने बताउंदै उनले कोटिहोमको समग्र विकासकालागि बिभिन्न  राजनीतिक दलको समर्थनमा अध्यक्षको  उम्मेदवार रहेका फुयांललाई जिताउनु पर्ने बताए । उनले शेरबहादुर थापा राम्रो ब्यक्ती भए पनि कोटिहोमको विकास र उन्नतीकालागि थापाको नभई फुंयालको आवश्यकता रहेको बताए । 

प्यानलका तर्फबाट अध्यक्ष फुयालसहित बरिष्ठ उपाध्यक्ष निर्मलकुमार खतिवाडा, धार्मिक उपाध्यक्षमा प्रकाश थापा, पर्यटन उपाध्यक्षमा अम्बिकादेबी खरेल, महासचिमा कृष्णप्रसाद घिमिरे, सचिबमा यामनाथ खतिवडा र कोषाध्क्ष मानबहादुर पौडेलले उम्मेद्वार रहेका छन् । 

त्यसैगरी सदस्यमा भरत संग्रौला, गायत्रा बुढाथोकी चौहान, अम्बिकादेबी रिजाल, धनपति चापागाई, नरपति पाठक, गंगाराम नेपाल, गणेशप्रसाद पोखरेल, गोपाल खरेल, डिल्लीराम पाठक, खगमाया चापागाई संग्रौला, टिकाराम निरौला, अर्जुनकुमार गिरी, रत्ना खड्का, मेघराज मगर, मनोजकुमार पोखरेल र सोमनाथ खतिवडा रहेका छन् ।

प्यानलले सवै धार्मिक संघ संस्था तथा बौदिक ब्यक्तित्वहरुसँगको समन्वय र सहकार्य गर्दै धार्मिक यज्ञको आयोजना गरी संस्थाको अक्षयकोषलाई बलियो बनाउने, धार्मिक पाहुनाहरुको आवासका लागि ब्यवस्थित आवास गृह निर्माण गरिने, सुबिधा सम्पन्न सन्त आश्रम निर्माण गरिनेलगायतका २० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । 

पत्रकार भेटघाट कार्यक्रममा चुनाव प्रचारप्रसार समितिका संयोजक खड्ग प्रसाई, अध्यक्ष पदका उम्मेद्वार फुयालसहित अन्य उम्मेद्वारले पनि आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस कनकाई नगर सचिव रेणु कडेलले गरेका थिए । 

यता थापाले पनि एक दिन अघि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै कोटिहोमको विकासकालागि आफ्नो जित सुनिश्चत रहेको दाबी गरेका छन् ।