झापा


विश्व मुटु दिवस २०२३ को अवसरमा नेपाल हार्ट फाउण्डेशन झापाले  सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

‘मन लगाउँ आफ्नो मुटु बचाउँ ’ भन्ने मुल नाराका साथ फाउण्डेशनको आयोजना तथा बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा बिएण्डसी अस्पताल प्राङगणमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । 

879+

हार्ट फाउन्डेशन झापा अध्यक्ष कुमारमणी पोखरेलको अध्यक्षतामा सञ्चालन उक्त कार्यक्रममा बिएण्डसी अस्पतालका मुटुरोग विशेषज्ञ डा=उमेश यादवले मुटुरोगका कारण, असर र बच्ने उपायबारे प्रकाश पारेका थिए ।

66

हृदयघात -हार्ट अट्याक_ अहिले प्रायः युवा अवस्थामा पनि देखिन थालेकोले यसबारेमा देशव्यापी सचेतना फैलाउनुपर्ने आवश्यकता महशुस गरेर कार्यक्रमको आयोजना गरिएको फाउन्डेशनका अध्यक्ष पोखरेलले जानकारी दिए ।

कार्यक्रममा मधुमेह र कोलस्ट्रोललाई नियन्त्रण, शरीरको तौल नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने, खानपान र जीवनशैलीमा परिवर्तन गर्न सके धेरैजसो मुटुरोगबाट बच्न सकिने डा= यादवले बताएका थिए ।


त्यस्तै कार्यक्रममा पूर्वाञ्चल क्यानसर अस्पतालका बरिष्ठ क्यानसर रोग बिशेषज्ञ डा= बिरेन्द्रकुमार यादवले विश्वमा क्यान्सरका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको

र नेपाल जस्तो देशमा समेत क्यान्सर रोगको अवस्था भयावह बन्दै गएको भन्दै बेलैमा सचेत बन्न सबैलाई आग्रह गरेका थिए । 


झापामा दिनप्रतिदिन क्यान्सर रोगी बढ्नु चिन्ताको विषय भएको उनले बताए । 


शारीरिक व्यायाम र खानपानमा ध्यान नदिँदा शहरी क्षेत्रमा दिनानुदिन क्यान्सरका रोगीहरु बढ्दै गएको भन्दै त्यस प्रति सचेत बन्न आग्रह गरेका थिए ।


साथै उनले आफुहरुले चांडै नै नेपाल क्यानसर फाउण्डेशनको अगुवाइमा क्यानसर परिक्षण घुम्ती बस सेवा सञ्चालन गर्ने गरी तयारी थालिरहेको पनि बताए । 


कार्यक्रममा फाउण्डेशनका सदस्य तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका चार्टर प्रेसीडेन्ट सन्तोष अग्रवाल, रोटरी क्लब अफ सुरुङ्गाको अध्यक्ष शिव कंडेल, सामाजिक अगुवा सरला दाहाल  पोखरेल, सिदार्थ नबिन उप्रेती, बिएण्डसीका हार्डजोर्नी डा. निराजन पराजुली लगायत विशेषज्ञ डाक्टहरु सहित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

फाउण्डेशनकी उपाध्यक्ष शुभ कुमाइ पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन फाउण्डेशन कोषाध्यक्ष उषा श्रेष्ठले गरेकी थिइन ।