झापा : श्री कृष्ण प्रणामी युवा परिषद झापाको ३३ औं बार्षिक साधारणसभा समपन्न भएको छ । शनिबार  बिर्तामोड ४ स्थित प्राणनाथ सामुदायिक सत्सङ्ग भवनमा साधारणसभा गरिएको हो ।

युवा परिषद केन्द्रिय उपाध्यक्ष टंकप्रसाद ओझाको प्रमुख आतिथ्यता तथा परिषद झापा अध्यक्ष टहलदास ओलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत परिषद झापा उपाध्यक्ष सुरज सापकोटाले  गरेका थिए ।

परिषद झापा सचिव मोहन अधिकारीले सञ्चालन गरेको कार्यक्रममा परिषद झापाका कोषाध्यक्ष कुमार कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

96

ओलीले अध्यक्षको बार्षिक प्रगती विवरण सार्वजनिक गरेको कार्यक्रममा झुमा माता जीले आर्शिरवचन दिएकी थिइन । साथै प्राणनाथ भवन युवा परिषद अध्यक्ष खगेन्द्र कुवंरले सहभागीलाई स्वागत गरेका थिए ।  श्री ५ नवतनपुरी धाम बाट पाल्नु हुने चन्द्र प्रकाश पण्डितको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि ओझा,   झापाका पुर्व अध्यक्ष समाजका संयोजक युवाराज सङ्रौला, कोशी प्रदेश अध्यक्ष अनिल ढुंगाना, पुर्व केन्द्रीय अध्यक्ष मातृका प्याकुरेल, सत्सङ्ग सेवा परिषद झापाका उपाध्यक्ष मुरलीधर कोइराला,बाइजुराज महिला समिति झापाकी कोषाध्यक्ष कल्पना वाग्ले तिम्सिनाले शुभकामना मन्तब्य राखेका थिए । 

कार्यक्रममा झापा जिल्ला अन्तर्गतका सदगुरु श्री देवचन्द्र सदन बिर्तामोड,बुधबारे,सुरुङ्गा,बाहुनडाँगी,दमक,धुलाबारी,चारपाने,कचनकवल,दुवागढी,चन्द्रगढी,शरणामती, बत्तिसबिघा,खुदनाबारी,जलथल, बैगुनधुरा गरि १४ वटा प्रारम्भिक समितिलाई बिभिन्न बिधामा उकृष्ट कार्य गरेको भन्दै उच्च मुल्यांकन गरि प्रशंसा पत्र बितरण गरिएको थियो ।

साथै जिल्लाका ८ सदस्यहरु दाताराम तिम्सिना,सुरेश मैनाली,डिल्ली पाण्डे, दिनेश कुमार उप्रेती,सौरभ रिजाल, भुवन कटुवाल,कमल पौडेल,पुण्य प्रसाद दाहाल लाई हरेक गतिबिधिमा सत प्रतिशत उपस्थिति रहेको भन्दै सम्मान गरिएको थियो । अतिथिहरु लाई परिषदका सह सचीव उमेश मिश्र र सह कोषाध्यक्ष सुसान खतिवडाले फुलगुच्छाले सम्मान गरेका थिए। 

कार्यक्रममा केन्द्रीय सदस्य द्धय  दिपक दाहाल र मदन अधिकारी, युवा परिषद झापाका पुर्व अध्यक्षहरु तुलसी दुलाल र राम दाहाल, प्रदेश सह सचिव हितेस दाहाल, प्रदेश कोषाध्यक्ष दिपक शिवाकोटी र सदस्य नबिन सापकोटा ,शिव अग्रवाल,केदार पाठक,सत्सङ्ग सेवा परिषद झापाका सदस्य दुर्गा पाण्डे,स्थानीय प्राणनाथ भवनका अध्यक्ष प्रेम प्रसाद कडरिया तथा पदाधिकारीहरु,युवा

परिषद,बाइजुराज एवं सुन्दरसाथ लगायत झापा जिल्ला अन्तर्गतका ३१ वटा प्रारम्भिक समितिका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु र स्थानीय सुन्दरसाथ ज्यू हरुको उपस्थिति रहेको थियो ।

  उक्त कार्यक्रमको स्थल ब्यवस्थापन सहित आगन्तुक सुन्दरसाथ भक्तजनहरुलाई चियापान तथा प्रसाद बितरणको सम्पुर्ण ब्यवस्थापन श्री प्राणनाथ सामुदायिक सत्सङ्ग भवनका सम्पुर्ण सिङ्गो टिमले गरेका थिए ।