सरकारले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरेको छ । संसद्मा रहेका दलहरूबीचको सहमतिको आधारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा भइरहेको सुन तस्करीको छानबिन र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन गरेको हो ।
आयोगको सदस्यहरूमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेका छन् ।
आज बिहान प्रमुख तीन दलबीच आयोग गठनको कार्यादेशमा सहमति जुटेपछि सरकारले आयोग गठन गरेको हो । आयोगले आजवाटै काम थाल्ने बताइएको छ ।