सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । मन्त्रिपरिषद बैठकले आयाल निगमले गरेको मूल्यवृद्धि फिर्ता गरेर पुरानै अवस्थामा कायम गर्न निर्देशन दिएको हो ।

आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । मूल्यबृद्धिको चौतर्फी विरोध भएपछि सरकारले त्यसलाई फिर्ता लिने निर्णय गरेको हो ।