मानेभञ्ज्याङ : सातौ मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा पानवारी एफसी धरानलाई ३–१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो । जलपाइगुडीको जितमा स्टेफेन समिरले २ गोल र करण राईले १ गोल गरे । धरानका पदम भट्टराईले सान्तवना गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा ४ गोल निस्किएको हो । दुवै टिममा सहिद स्मारक ए डिभिजन लिग खेलेका खेलाडीहरुको बाहुल्यता रहेको थियो ।
प्रतियोगिताको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा रेडहर्र्स इलाम र चाँद एफसी तीनधारे बिच प्रतिस्पर्धा हुनेछ । आगामी अक्टोबर १५ ९ असोज २८० गते सम्म चल्ने प्रतियोगिताको बिजेताले ८ लाख ९भारु ५ लाख० र उपविजेताले ४ लाख ९भारु २ लाख ५० हजार ० प्राप्त गर्नेछ । प्रतियोगितामा नेपालका ५ क्लब र भारतका ११ क्लब सहभागी छन् ।
मानेभञ्ज्याङ फुटबल क्लबले विगतका बर्षहरु देखि अन्तरदेशीय सम्बन्ध विस्तारका लागि नेपाल–भारत सिमानामा पर्ने मानेभञ्ज्याङ बजारमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।