लागुऔषधको मुद्धा मिलाईदिने भन्दै नगद १ लाख रुपैयाँ लिने व्यक्तिलाई झापा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दमक ५ क्याम्पस मोड बस्ने ३८ वर्षीय शिवनारायण सिंहलाई  मुद्धा मिलाईदिने भन्दै नगद लिएको आरोपमा प्रक्राउ गरेको हो । 

प्रहरीले गत असार २६ गते झापा दमक नगरपालिका वडा नं।२ स्थित तिलकराम खवासको कोठाबाट दिपक साह, रेशम गौतम र तिलकराम खवास समेतलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो ।

अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको अवस्थामा प्रतिवादी दिपक साहको आफन्तलाई मुद्धा मिलाई दिन्छु भन्दै सिंहले नगद लिएको सूचनाका आधारमा प्रहरी आज सोमबार उनलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले  जनाएको छ । 

 सिंहलाई नियन्त्रणमा लिई ठगी मुद्धामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको  छ ।