मेचीनगर : इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको चार लाख रुपैयाँभन्दा बढीको शृंगारका सामान बरामद गरेको छ ।
मेचीनगर नगरपालिका १५, ज्यामिरगढीस्थित बिचार्नीमा उक्त मूल्यबराबरको शृंगारका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाभन्दा दक्षिणको खुला सीमाबाट सामान भित्र्याइएको बताइएको छ । बरामद गरिएको सामान मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइसकेको प्रहरीले जनाएको छ ।