झापा : झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं साधारण सभाको अवसर पारेर दुई पत्रकारसहित सात जनालाई सम्मान गरेको छ ।
संस्थाको असोज ७ गतेदेखि १३ गतेसम्म इकाइगत रुपमा शुरु भएको साधारण सभाबाट छानिएर आएका २५ जना प्रतिनिधिहरु माझ शनिबार आज बिर्तामोडमा भएको अन्तिम प्रमाणीकरण भेला तथा साधारभाको अवसरमा पत्रकार युवराज विवश र पत्रकार लक्ष्मी उप्रेतीलाई नगद १० हजार रुपैयाँ सहित सम्मानपत्रद्धरा सम्मान गरिएको छ ।
उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महत्तरा प्रसाईं, संस्थाका अध्यक्ष सुवास भट्टराई कार्यकारी प्रमुख कमल बस्नेत लगायतले उनीहरुलाई सम्मान गरेका हुन् ।
त्यस्तै कार्यक्रममा उत्कृष्ट बचतकर्ता बिर्तामोडका मित्रप्रसाद घिमिरेलाई नगद ५ हजार , उत्कृष्ट सेवा केन्द्रका रुपमा धुलाबारी सेवा केन्द्र प्रमुख अञ्जु प्रधान, इलामको नेपालटार सेवा केन्द्र प्रमुख तीर्थराज सुवेदी, मोरङको लेटाङ सेवा केन्द्र प्रमुख मोहन घिमिरेलाई सम्मान गरिएको थियो । उत्कृष्ट सेवा केन्द्र प्रमुखहरुलाई जनही २० हजार रुपैयाँ सहित सम्मान पत्र द्धरा सम्मान गरिएको हो ।
यस्तै, कार्यक्रममा स्वेच्छिक अवकास लिएकी पूर्वकर्मचारी दुर्गा पौडेललाई दुई लाख २५ हजार रुपैयाँसहित संस्थाले सम्मान गर्दै बिदाई गरेको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रसाईंले सहकारी सदस्यको सुखदुःखको साथी भएको बताइन । जन्मदेखि मृत्युसम्म सहकारीले सदस्यलाई सहयोग गर्दै आइरहेको पनि उनले बताइन ।
सहकारीलाई विकृतिरहित बनाएर समृद्धिको दह्रो आधारण बनाउनु पर्नेमा उनको जोड थियो । कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले स्वागत सहित औचित्माथि प्रकाश पार्दै संस्थाले सदस्य लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको र त्यस कार्यक्रमबाट गत आर्थिक बर्षमा धेरै सदस्य लाभान्वित भएको बताए ।
तत्कालीन २०६७ साल चैत्र ३ गते ५५ जना शेयर सदस्यको २० लाख ५० हजार रुपैंया शेयर पुंजीबाट सुरु भएको संस्थामा हाल शेयर सदस्य ५९ हजार २६३ र संस्थाको शेयर पुँजी ३१ करोड ७६ लाख ५८ हजार ६०० रहेको छ ।
समुदायमा छरिएर रहेको स–सानो पुँजी संकलनबाट राष्ट्र र समुदाय निर्माणमा सहकारीले सघाउ पु¥याउन सक्छन भन्ने हेतुले स्थापना गरिएको संस्थाले हाल पुंजी सदस्यमाझ उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै आएको पनि कार्यकारी प्रमुख बस्नेतले जानकारी दिए ।
संस्थाका जोखिम बिभाग प्रमुख प्रेम बस्नेत (विजय) ले सञ्चालन गरेको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सञ्चालक समिति सदस्य केशव बस्नेत, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुवास भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुलाई व्यवसायिक रुपमा सक्षम बनाउन साकोसले निरन्तर कार्य गरिरहेको बताए । त्यसैगरी साकोसले गत बर्ष सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा विशेष जोड दिएको र यसमा निरन्तरता कायम गरिने पनि उनले बताए ।
झापा जिल्लाका २७ , इलाम जिल्लाका १२ , मोरङ जिल्लाका १० र पाँचथर जिल्लाको १ गरी ५० वटा सेवा केन्द्रबाट सेवा प्रवाह गर्दै आएको सिम्रिकले आर्थिक वर्ष २०७९÷०८० को असार मसान्त बचत संकलन १ अर्ब ४४ करोड ७१ लाख, कर्जा लगानी २ अर्ब ५५ करोड ११ लाख गरेको प्रतिवेदनमा उल्लेख छ ।