मेची पेट्रोलियम ढुवानी सेवाको अध्यक्षमा टिकाराम बहादुर पिठाकोटे मगर चयन भएका छन् । आज शनिबार झापाको बिर्तामोडमा भएको प्रथम अधिवेशनबाट पिठाकोटे सर्वसम्मत भएका हुन् । यस अघि रहेको तदर्थ समितिलाई प्रथम साधारणसभाबाट पूर्णता दिइएको हो । त्यस्तै सेवाको उपाध्यक्षमा बिनोद बस्नेत, सचिवमा तोकप्रसाद दुलाल र कोषाध्यक्षमा बिनोद चापागांई सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सेवाको सदस्यहरुमा उत्तम श्रेष्ठ, अमीत सरीया, गौरी प्रसाद भण्डारी, दिपेश रिजाल र तारानाथ उप्रेती निर्वाचित भएका छन् । बाँकी दुई जना सदस्य पछि मनोनित गरिने जनाइएको छ ।
न्ेपाल यातायात राष्ट्रिय महासंघका उपाध्यक्ष राजेन्द्र रिजालको प्रमुख आतिथ्यता भएको कार्यक्रमको सञ्चालन बिनोद चापागांईले गरेका थिए ।
उपाध्यक्ष बिनोद बस्नेतले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि रिजाल, बिशिष्ट अतिथि मेची पेट्रोलियम डिर्लश एसोशिएसनका अध्यक्ष नबिन कोइराला, पुर्व मेची बस व्यवसायी भलाई कोषका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, नेपाल आयल निगम चारआलीका कार्यालय प्रमुख शरणराज भट्टराई लगायतले शुभकामना मनतब्य राखेका थिए ।
कार्यक्रममा टेङ्कर कमिटि चारआलीका अध्यक्ष जयप्रकाश उराउ, मेची पेट्रोलियम डिलर्श एसोशिएसनका पूर्व अध्यक्षहरु चन्द्रबहादुर डांगी, लय प्रसाद भण्डारी प्रमे प्रसाद दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
पेट्रोलियम ब्यवसायलाई ब्यवस्थित बनाउँदै वितरण प्रक्रियामा सहजता ल्याउने उद्धेश्यले जिल्लामा मेची पेट्रोलियम ढुवानी सेवा प्रारम्भ गरिएको जनाइएको छ ।