झापा । यक्सो समाज नेपालको आज बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष काजिमान यक्सो (टाङहिम्बा)को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

२०७९ चैत २७ गते गठित तदर्थ समितिले संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय झापामा गत साउन ११ गते यक्सो समाज नेपाल नामको संस्था दर्ता गरेको हो । सो पछि आज वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन आयोजना गरिएको अध्यक्ष काजिमानद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

नेपाल तथा विश्वका अन्य मुलुकहरुमाविभिन्न पेसा व्यवसाय गरी बसोबास रहेका यक्सो वंशको उत्थान एवम् सामाजिक पहिचान स्थापित गर्न यक्सो समाज नेपालको स्थापना गरिएको जनाइएको छ । वंश समाजलाई सशक्त र क्रियाशील बनाएर आफ्नो भाषा, लिपी, संस्कृति संरक्षण गर्ने एवम् एकापसमा सहयोग आदानप्रदान गर्ने यक्सो समाजको उद्देश्य रहेको साधारणसभामा अध्यक्ष काजिमानद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

समाजका महासचिव कुमार यक्सोको सञ्चालन तथा यक्सो वंशका अगुवा धनबहादुर यक्सोको प्रमुख आतिथ्यमा आयोजित साधारणसभा तथा प्रथम अधिवेशनमा हालसम्मको आम्दानी एक लाख ८ हजार रुपैयाँ र खर्च ३३ हजार ३७५ रुपैयाँको विवरण प्रस्तुत गरी अनुमोदन गरिएको थियो ।

अधिवेशनमा कार्यसमितिको तर्फबाट अध्यक्ष काजिमानलेपेस गरेको ७ बुँदे प्रस्ताव माथि छलफल गरी सर्वसम्मतिबाट पारित गरिएको थियो । प्रस्ताव नं. ६ मा प्रस्तुत नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति बनाएर निर्विरोध रुपमा नयाँ नेतृत्व चयन गरिएको महासचिव कुमार यक्सोले जानकारी दिए ।

जसअनुसार अध्यक्षमा काजिमान, दुईजना उपाध्यक्षमा तिलबिक्रम र देवेन्द्र, महासचिवमा कुमार, सचिवमा नवराज तथा कोषाध्यक्षमा सिता लिम्बूलाई सर्वसम्मत चयन गरिएको छ ।

कार्यसमितिको बैठकले पछि दुईजना सदस्यहरु थप गर्नेगरी अधिवेशन हलबाट अमृत यक्सो, दिलकुमारी यक्सो, शिवमाया सुब्बा, मनकुमारी यक्सोलाई सदस्यमा चयन गरेको छ । यसैगरी कार्यसमितिका सदस्यहरुमा धनराज, तेज, लक्ष्मी, किरण र मनिष यक्सो सर्वसम्मत चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई अधिवेशन हलमा नै सपथग्रहण गराएर कार्यकारी अख्तियार पनि प्रदान गरिएको छ ।