सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र विर्तामोडको अध्यक्षमा देवी प्रसाद सग्रौला अध्यक्षमा सर्वसम्मत भएका छन् । सोमबार आज बिर्तामोडमा आयोजित चौथो अधिवेशनबाट नेपाल पुर्व प्रहरी सघगठन झापाका बरिष्ठ उपाध्यक्ष समेत रहेका सग्रौला सर्वसम्मत निर्वाचित भएका हुन् ।
त्यस्तै समितीको उपाध्यक्षमा सन्जिव चापांगाइ,अमिर लिङ्देन,लक्ष्मी सापकोटा तथा अनिता खनाल सर्वसम्मत भएका छन् । त्यस्तै महासचिवमा लक्ष्मी गौतम तथा सचिवमा राजकुमार अोली निर्वाचित भएका छन् । कोषाध्यक्षमा शत्रुधन प्रसाद गुप्ता ,सह कोषाध्यक्ष राधा भटटराइ रिजाल निर्वाचित भएका छन ।
१९ सदस्यीय कार्यसमितीका सदस्यहरुमा कृति प्रसाई ,धुर्व कुमार आचार्य,रणदेव हजाम, टेक नाथ पौडेल, देवकला कटुवाल र तेजेन्द्र उप्रेती निर्वाचित भएका छन् ।
२०६८सालमा विर्तामोडमा स्थापना गरिएको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको १२ औ वर्षमा सामाजिक तथा सुरक्षाका क्षेत्रमा धेरै कामहरु गरेको सस्थांका अध्यक्ष उत्तम खनालले प्रतिवेदनमा पेश गरेका थिए ।
विर्तामोड ४ का वडा अध्यक्ष राहुल शर्माको प्रमुख आथित्यतामा आयोजित अधिवेहनमा इलाका प्रहरी कार्यलय विर्तामोडका डिएसपी सुरज कार्की,निर्वाचन मण्डलका सयोंजक तथा पुर्व अध्यक्ष अर्जुन मैनाली ,लगायतले शुभकामना मन्तव्य राख्दै विर्तामोडमा देखिएका चुनौती र आउने दिनमा देखिएका जोखिमलाइ न्युनीकरण गर्न सामुदायिक प्रहरीको भुमिका महत्वपुर्ण बनाइने बताए ।
अध्यक्ष उत्तम खनालको सभापतित्वमा तथा महासचिव लक्ष्मी गौतमको सन्चालनमा आयोजित कार्यक्रममा उपाध्यक्ष सन्जिव चापांगाइले स्वागत मन्तव्य गरेका थिए ।