काठमाडौं । सरकारले इजरायलमा हमासको आक्रमणमा परेर मृत्यु भएका नेपाली विद्यार्थीका परिवारलाई जनही १०(१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
सोमबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
प्रवक्ता शर्माका अनुसार सरकारले भोलि मंगलबार राष्ट्रिय शोक मनाउने निर्णयसमेत गरेको छ । जसअनुसार सरकारी झन्डा आधा झुकाउने निर्णय भएको छ ।
साथै सरकारले इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई यथाशीघ्र स्वदेश फर्काउने निर्णय गरेको पनि शर्माले जानकारी दिइन्