बिराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको –सुरक्षा सुनिश्चिचता अभियान २०८०’ अन्तरगत नजिकिदै गरेको चाडपर्वको सुरक्षा ब्यबस्थालाई लक्षित गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले मातहत जिल्ला प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्धारा आवश्यक निर्देशन दिएका छन् ।
सोमवार आज भर्चुअल माध्यमद्धारा उक्त प्रहरी युनिटका प्रमुखहरुलाई आवश्यक निर्देशन दिनु हुँदै उनले चाडपर्वको समयमा हुन सक्ने बिभिन्न अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न तथा आम नागरीकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउन २४ सै घण्टा प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा मिलाउन निर्देशन दिएका हुन् ।
यसका साथै लागुऔषधको प्रयोग र ओसारपसार, बिष्फोटक पदार्थ, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न र शुन्य सहनशिलताको नितीलाई अक्षरस पालना गरी कार्य गर्न, होटलहरुमा हुने अवान्छित क्रियाकलापको नियन्त्रण गर्नका साथै
सचेतनामुलक कार्यक्रम तिब्र रुपमा संचालन गरी चेतनामा अभिबृद्धी गराउने, कार्यालय सुन्दरतामा बिशेष ध्यान दिन र बिभागिय निती निर्देशनलाई अक्षरस पालना गर्दै सम्पुर्ण प्रहरी कर्मचारीहरुले आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित ढंगले कार्य गर्न उनले निर्देशन दिएकाछन् ।