बिर्तामोड  : नेपाली चलचित्र ‘प्रदेशी–२ को टिम प्रचारप्रसाका लागि झापाको बिर्तामोड आइपुगेको  छ ।  बडा दशैंको अवसर पारेर असोज २६ गते शुक्रबारबाट रिलिज हुने फिल्म परदेशी–२ को प्रमोशनका लागि निर्माण युनिट झापा आइपुगेको हो । 

 यसै क्रममा निर्माता मध्येका एक राजेश बंशल, कलाकार प्रकाश सपुत र नायीका बर्षा शिवाकोटी आज मङ्लबार बिर्तामोडमा आइपुगेका हुन् । 

लोकगायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीद्वारा निर्देशित फिल्ममा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदना प्रस्तुत गरिएको निर्माता बंशलको भनाई छ ।  

प्रेम, बिछोड, उमंग, द्वन्द्वलगायतका मानवीय संवेदनाका विविध पक्षको समिश्रणसहित तयार पारिएको फिल्म गीतसंगीत पक्षलाई विशेष स्थान दिइएको जनाइएको छ । 

 फिल्ममा  अभिनेताका रूपमा डेब्यु पाएका गायक प्रकाश सपूतलाई प्राथमिकता दिएको छ । प्रशान्त तामाङ साथमा अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीसँगै अभिनेता प्रशान्त तामाङ र दिलीप रायमाझीलाई पनि देख्न पाइन्छ ।

फिल्ममा रमेश बिजीको कथा र पटकथा, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ ।