नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले एफजेड एफआई भीथ्री स्टयान्डर्र्ड  मोटरसाइकलको  बिक्री सुरु गरेको छ । झापाको बिर्तामोडमा पनि एक संक्षिप्त कार्यक्रमका बिच  एफजेड एफ आई भीथ्री स्टयान्डर्र्ड  मोटरसाइकलको लन्च गरिएको छ । बिर्तामोडकालागि यामाहाको आधिकारीक बिक्रेता सयपत्री ट्रेड लिंकले आज बिहिबार एक कार्यक्रमकाबिच उक्त मोटरसाइकल सार्वजनिक गर्नुका साथै बिक्री सुरु गरेको हो । 

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी तथा सयपत्री ट्रेड लिंकका सञ्चालक बिनोद बस्नेतले संयुक्त रुपमा उक्त मोटरसाइकल अनावरण गरेका हुन् । 

636

यामाहा प्लेटफर्ममा तीन वटा मुख्य विशेषताहरु रहेको जनाउँदै विजया दशमीको अवसरमा नेपाली ग्राहकलाई सुपथ मूल्यमा उक्त मोटरसाइकल उपलब्ध गराउन लागिएको सयपत्री ट्रेड लिंकले जनाएको छ । 

उक्त बाइकको मुल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यामाहाको मोटरसाइकलमा रहेका तीन वटा विशेषताहरुमा ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डवल डिक्स र उन्नत बी एस सिक्स इन्जिन टेक्नोलोजी रहेको एमएडब्लू इन्टरप्राइका एरिया सेल्स मेनेजर कुन्दन भण्डारीले जानकारी दिए । 

एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड  कालो र निलो आकर्षक नयाँ रङहरूमा यो मोटरसाइकल उपलब्ध हुने सञ्चालक बिनोद बस्नेतले जानकारी दिए । उनले यो यामाहाको मोटरसाइकल उत्कृष्ट रेसिङ सम्पादनबाट प्रेरित आफ्नो आकर्षक स्पोर्टी डिजाइनमा गर्व गर्न लायक रहेको कार्यक्रममा बताएका थिए । 

एक वलियो १४९ सीसी एयर – कूल्ड फोर– स्ट्रोक सिंगल – सिलिण्डर ब्लूकोर इन्जिनद्वारा सञ्चालित र सावधानी पूर्वक परिष्कृत यसले असाधारण मध्यम रेन्जको पावर र उल्लेखनिय रुपमा मुलायम प्रवेग उत्पन्न गराउने सयपत्री ट्रेड लिंकका सञ्चालक बस्नेतले जानकारी दिए ।  यो इन्जिन इन्जेक्टेढ इन्जिन शक्तिशाली मात्र नभई अति प्रभावकारी पनि रहेको र औषत ४५– ५० किमी प्रतिलिटरको माइलेज प्रदान गर्ने बताइएको छ ।

मोटरसाइकलमा ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पिडोमिटर र इको ल्याम्पसहितको सूचनात्मक डिजिटल मिटर जडान गरिएको छ ।

मोटरसाइकलको अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७–स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन छन्, जसले यात्रालाई आरामदायी बनाउने कम्पनीको दाबी छ ।

यामाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि आफ्नो विरासत बनाइरहेको छ ।