झापाको बिर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीको आँखा परिक्षण गरिएको छ । विश्व दृष्टि दिवसको अवसरमा आज बिहिबार साकोसको मुख्य कार्यालयमा अभिमूखिकरणसंगै कर्मचारीको आँखा जाँच गरिएको हो ।  

सहारा नेपाल साकोसको आयोजना तथा बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा ‘लभ युवर आइज एट वार्क प्लेस’ भन्ने विश्व नारा सहित कार्यक्रम गरिएको हो ।

215 

विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबर महिना को दोस्रो बिहीबार मनाइंदै आइएको छ ।  वर्षै पिच्छे फरक नारा दिएर मनाइने यो दिवस यस पटक भने “कार्यस्थल मा आफ्नो आँखा लाई माया गरौँ ’ भन्ने नाराका साथ विविध कार्यक्रम गरी मनाइएको बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत बिनोद दाहालले जानकारी दिए । 

39 1

 आँखा अस्पतालका नेत्र अधिकृत तथा तालिम संयोजक दाहालले कार्यालय मा काम गर्ने , लामो समय कम्प्यूटर, ल्याप्टप चलाउने समुह सहित कर्मचारीलाई लक्षित गरी चेतना मुलक प्रशिक्षण प्रदान गरेका थिए ।  

उनले कार्यक्रममा कमप्युटरमा काम गर्दा आउन सक्ने समस्या र त्यसबाट बच्ने उपायहरुका बारेमा प्रशिक्षण प्रदान गरेका थिए । 

ृकार्यस्थलमा काम गर्दा आँखाको हेरचाह गरौं, आफ्नो आँखालाई सुरक्षित राखौं ।  आँखा सम्बन्धी पेशागत खतरा÷समस्याहरूबाट बचौं र आफ्नो आँखाको स्वास्थ्यलाई प्राथमिकता दिने वाचा गरौं भन्ने विषय मा केन्द्रित रहेर सहारा नेपाल साकोसका कर्मचारीहरुलाई  प्रशिक्षण सहित आँखा जाँच गरिएको थियो  । 

आँखा अस्पतालका प्रशासन बिभाग प्रमुख भरत सापकोटा, प्राविधिक जुनु नेपाली र भावना गनगाईले कर्मचारीहरुको आँखा परिक्षण गरेका हुन् ।  संस्थाको जीवन बरदान कार्यक्रम स्वास्थ्य युनिटको पहलमा विश्व दृष्टि दिवसको अवसर पारेर कार्यक्रम गरिएको संयोजक भक्तबहादुर खड्काले जानकारी दिए । 

कार्यक्रममा साकोसका कोषाध्यक्ष डम्बर देउजा, सञ्चालक सदस्य भोला धिताल, निर्देशक लक्ष्मण खतिवडा, उप–निर्देशक दिनेशबहादुर निरौला लगायत संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन साकोसका तालिम अधिकृत मात्रिका सुवेदीले गरेका थिए ।