गाजा सहरमा इजरायली हमलामा मर्नेहरूको सङ्ख्या सात सय २४ बालबालिकासहित कम्तीमा दुई हजार दुई सय १५ पुगेको प्यालेस्टिनी अधीनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले बताएको छ ।
मन्त्रालयले हमलामा मारिनेहरूमा चार सय ५८ महिला रहेको जनाएको छ । हमलामा आठ हजार सात सय १४ जना घाइते भएका छन् । यसअघिको विज्ञप्तिमा मन्त्रालयले पछिल्लो २४ घन्टामा मात्र कम्तीमा तीन सय २४ जना मारिएको जनाएको थियो ।
एक साताअघि दक्षिणी इजराइलमा हमासले आक्रमण गरेपछि त्यो क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।