शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोड–२ स्थित चैतुवारी सेवा केन्द्रको इकाइगत साधारणसभा समपन्न गरेको छ ।
झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको संस्थाको आगामी कात्तीक २ गते हुने ११ औं बार्षिक साधारणसभा अन्तरगत आज शनिवार इकाइगत साधारणसभा गरिएको हो ।
इकाइगत साधारणसभाबाट छनोट भएर आएका प्रतिनिधिको उपस्थितीमा कात्तिक २ गते अन्तिम माइन्यूट प्रमाणिकरण गरिने छ ।
संस्थाका अध्यक्ष सुव्रत न्यौपानेको अध्यक्षता तथा बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सदस्यहरुलाई सम्मान गरिएको थियो ।
संस्थाले चैतुवारी सेवा केन्द्रका आवधिक बचततर्फ रघुनाथ घिमिरे, शिक्षातर्फ प्रज्ञा खतिवडा, ऋणितर्फ मधु श्रेष्ठ, साधारणतर्फ सुकमाया तामाङ र नियमिततर्फ यशोदा राजवंशीलाई सम्मान गरेको हो ।
वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष न्यौपानेले सदस्यलाई आत्मनिर्भर तथा व्यावसायिक बनाउने तर्फ संस्था सदैव लागि पर्दै आएको बताउंदै उनले अझ सदस्यलाई लाभ मिल्ने खालका योजना ल्याउनेतर्फ संस्था केन्द्रित भइरहेको बताए ।
शिक्षाले अन्य सहकारीको भन्दा सदस्यहरुलाई गुणस्तरीय सेवा दिदै आएको भन्दै कार्यक्रममा संस्थाको प्रशंसा गरिएको थियो । नगरमा धेरै सहकारी भए पनि चैतुबारीमा सेवा केन्द्र स्थापनामा कसैको ध्यान नपुगि रहेको सन्दर्भमा शिक्षा सहकारीले सेवा केन्द्र स्थापना संगै सदस्यलाई आत्मनिर्भर र रोजगारी तर्फ जोड्न सहयोग पु¥याइरहेको जनाइएको छ ।
४ हजार ७२० जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ३ करोड ४८ लाख ८१ हजार रुपैयाँ रहेको छ ।
कर्मचारी भुमा पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूर्यकुमार खतिवडाले गरेका थिए ।