झापाको बिर्तामोड–२  चारपानेमा शुष्मा काष्ठ फर्निचर सञ्चालनमा आएको छ । फर्निचरको उद्घाटन आज आइतबार एक कार्यक्रमकाबिच बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले गरीन । बिर्तामोडका युवा सन्दिप राजवंशीले ६० लाखबढी रुपैयाँको लगानीमा उक्त फर्नीचर सञ्चालनमा ल्याएका हुन् । 

राजवंशीको रामचोक उत्तरपट्टि आफ्नै फर्निचर फ्याक्ट्री समेत रहेको जनाइएको छ । घरायसी तथा अफिस प्रयोजनाकालागि चाहिने आवश्यक सम्पूर्ण फर्नीचरका सामान एकै छातामुनी उपलब्ध गराउने हेतुले रामचोकमा फर्नीचरको सोरुम खालिएको  सन्दिपका बुबा सन्तोष राजवंशीले जानकारी दिए । 

सन्तोष राजवंशी लामो समयदेखि घर निमार्ण व्यवसायको क्षेत्रमा आबद्ध छन् ।  २ लाख ७० हजार रुपैयाँसहितका फर्निचरका सामाग्री रहेको सञ्चालकको भनाई छ । एकचोटी किनेपछि जीवनभर ढुक्क’ भन्ने नाराका साथ खोलिएको फर्निचर सोरुमबाट खरिद गरिएको सामाग्रीमा १५ बर्षको ग्यारेन्टी रहेको राजवंशीले बताए । सञ्चालक सन्दिपको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पनि उनैले गरेका थिए ।

कार्यक्रमको सञ्चालन फर्निचरका मेनेजर राजिव न्यौपानेले गरेका थिए । फर्निचरमा बेड, सोफा, ड्रेसिङ टेवल, डाइनिङ टेवल, अफिस र्याक्क, मन्दिरलगायतका फर्निचर सम्बन्धी सम्पूर्ण सामाग्री उपलब्ध रहेको सन्दिपले बताएका छन् । फर्निचरमा २० जनाले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ । 

सोही कार्यक्रमकाबिच फर्निचरमा उत्कृष्ट काम गर्ने कर्मचारी टंक धिमाल, गणेश सरकार, अर्जुनकुमार चौधरी, सुमन वर्मन र कुमार लिम्बुलाई सम्मानपत्रद्धारा सम्मानसमेत गरिएको थियो ।