विर्तामोड :  बिर्तामोडमा २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकरी संस्थाको २७ औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणीकरण भेला शनिबार (आज) बिर्तामोडमा सम्पन्न भएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा आयोजित समारोहमा संस्थाले राष्ट्रिय सहकारी व्यक्तित्व पुरस्कार अग्रज सहकारी अभियन्ता भक्तपुर निवासी कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गरेको छ । एक लाख एक हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रधानाङ्गलाई प्रदान गरेको हो । 

WhatsApp Image 2023-11-04 at 03.43.15

सहारा नेपाल साकोसले हरेक २–२ वर्षमा वितरण गरिने उक्त पुरस्कारबाट यसअघि लघुवित्त विज्ञ शंकरमान श्रेष्ठ र राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडाललाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै सोहि समारोहमा एभिन्यूज टेलिभिजनका झापा संवाददाता तथा साझा अनलाइन न्यूज डटकमका सम्पादक सन्तोष न्यौपानेलाई २५ हजार रुपैयाँसहित सहारा सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । डेढ दशक बढीदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल न्यौपानले पत्रकारीताको माध्यमबाट सहकारीको प्रबद्धनमा उल्लेखिय योगदान पु¥याएको भन्दै संस्थाले उनलाई पुरस्कृत तथा सम्मान गरेको हो । 

WhatsApp Image 2023-11-04 at 03.43.06

उनलाई कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरे, संस्थाका अध्यक्ष हरीबहादुर राजवंशी, कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी लगायतले दोसल्ला ओढाएर सम्मानपत्र सम्मान गरेका थिए ।  

शेयर पुँजी, निक्षेप कारोबार, सदस्य संख्या, सदस्य संरक्षण र समुदायतर्फको चासो लगायतको हिसाबले नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट सहकारी संस्थाको साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख  घिमिरेले सहारा नेपालले सदस्य र समुदायका लागि गरिरहेको रचनात्मक कार्यको प्रशंसा गरेका थिए ।

उनले सहारा नेपाल साकोसले आपत विपतमा परेकाहरुका लागि नाम अनुसारको सहारा प्रदान गरिरहेको देख्न र सुन्न पाउँदा आफूलाई खुसी लागेको प्रतिक्रिया दिए । 

WhatsApp Image 2023-11-04 at 03.43.10 (1)

सहकारी संस्थाहरु स्वनियमनमा चल्ने ‘मिनी स्टेट’ हुन् तर सरकारी तवरबाट अनुगमन नियमनका नाममा नियन्त्रणका प्रयास भइरहेको आफूलाई रिपोर्टिङ आएको जनाउँदै सभामुख घिमिरेले ऐनअनुसार विधिपूर्वक सञ्चालन भइरहेका सहकारीमाथि अंकुश लगाउन नहुने प्रष्ट पारे । 

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा सहाराले आफूलाई पुरस्कृत गरेकोमा आभार प्रकट गर्दै प्रधानाङ्गले सहकारी अभियानले गरिबलाई सहारा नेपालले जस्तै आर्थिकरुपमा माथि उठाउनुपर्ने धारणा राखेका थिए ।  तर काठमाडौंमा खुलेका केही सहकारीले गरिबको रकम खाएर भागेर अभियानमाथि नै कलङ्कको टिका लगाइदिएको उनले बताए । 

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले उक्त समारोहमा २७औं वार्षिक साधारणसभाको कार्यक्रमहरुका बारेमा अवगत गराएका थिए । उनले संस्थाले चालू आर्थिक वर्षबाट थालनी गरिने विभिन्न रचनात्मक कार्यक्रमहरु समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।  

WhatsApp Image 2023-11-04 at 03.43.07

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी प्रमुख गिरीले हाल सम्म आइपुग्दा संस्था वित्तीय रुपमा अत्यन्तै मजबुत र सामाजिक पुंजीमा समेत उल्लेखनीय प्रगती हासिल गरेको बताएका  थिए । उनले हरेक ब्यक्ति सहाराको सदस्य हुनु नै इज्जत, प्रतिष्ठा र गौरब महशुस गर्न थालेको भन्दै संस्थाको प्रगतीले खुसी तुल्याएको बताए । 

सो समारोहमा सहकारीकर्मीहरु गणेश ढकाल, घनश्याम अधिकारी, निमित्त प्रदेश रजिष्ट्रार हरिबहादुर खत्री, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशी, रेडक्रसकर्मी लोकराज ढकाल लगायतले शुभकामना मनतब्य राखेका थिए ।