बिर्तामोड  : झापाको बिर्तामोड ५ मा रहेको न्यूटन्स्  एजुकेशन एकाडेमीले १९ औं बार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।  बिद्यालयले शैक्षिक सत्र २०८० को बार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगतको कार्यक्रम तालिका अनुसार विभिन्न बिधाका खेलकुद प्रतियोगिता गराइएको बिद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले जानकारी दिए । 

सप्ताह ब्यापी रुपमा संचालन भएको खेलकुदको आज शनिबार एक बिशेष कार्यक्रम आयोजना गर्दै  समापन गरिएको हो । 

कक्षा नर्सरी  देखि ९  कक्षा सम्मका विद्यार्थीले प्रतियोगितामा  सहभागिता जनाएका  थिए ।  फुटबल ,रिले दौड ,टि–टि ,चेस ,ब्याडमिन्टन लगायतका २० विधामा खेल प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक हुमागांईले जानकारी दिए ।  

pic 55555

पढाईका अलवा खेलकुदको क्षेत्रमा पनि विद्यार्थीलाई जागरुक बनाउन तथा आत्मरक्षा, अनुशासन र विकासका निमित्त पनि खेलकुद प्रतियोगिता गरींदै आएको उनले बताए । 

समापन कार्यक्रममा बिर्तामोड नगर खेलकुद समिति सदस्य सचिब बिसन लिम्बुको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा बिर्तामोड नगर  प्याब्सन अध्यक्ष उत्तम खनाल,बास्केटबल प्रशिक्षक प्रकाश लिङ्देन ,बिद्यालय ब्यबस्थापन समिति सदस्य गोपि कृष्ण प्रसाईं,मन्जु राई,अभिभावक इकाई संघ अध्यक्ष नरेश भट्टराई ,उपाध्यक्ष गौरी  भण्डारी ,लब चौधरी लगायतको आतिथ्यता रहेको  थियो । 

बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईको अध्यक्षता रहेको कार्यक्रममा प्रधानाध्यापक हुमागाईले स्वागत सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका  थिए ।  कार्यक्रमको सञ्चालक शिक्षक पबित्रा पौडेलले गरेकी थिइन् ।