बिर्तामोड : नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् सार्क चेम्बरका उपाध्यक्षमा चण्डीराज ढकालले पछिल्लो समय देश आर्थिक संकटमा फस्दै गएको बताएका छन् । आर्थिक संकट उत्पन्न हुँदा उद्योगी, ब्यवसायी सबैभन्दा ठूलो मारमा परेको बताउंदै उनले राज्यले बेलैमा सोच्नुपर्ने बताए ।
आज शनिबार बिर्तामोड उद्योग वाणिज्य संघको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले मुलुकको आर्थिक वृद्धिका लागि नीजि क्षेत्रको ठूलो योगदान गरेको बताए ।
काार्यक्रमका प्रमुख आथित समेत रहेका ढकालले राज्यले नीजि क्षेत्रको संरक्षणमा ध्यान दिदैं वर्तमान आर्थिक संकटको निकासका लागि पहल गर्नुपर्ने विचार ब्यक्त गरे । कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरले आर्थिक रुपमा दर्विलो भए मात्रै देशको अर्थतन्त्र मजबुद हुने उल्लेख गरिन् ।
उनले बिर्तामोड उद्योग वाणिज्य संघका हरेक कार्यक्रममा सहभागि भएको भन्दै उनले वाणिज्य संघले ब्यवसायीको हितमा काम गर्नुपर्ने उल्लेख गरिन् । उनले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितहरुको सहयोगका लागि उद्योगी व्यवसायीहरुलाई आव्हान गरेकी छन् ।
साधारण सभामा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वेदप्रकाश अग्रवाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
बिर्ताामोड उद्योग वाणिाज्य संघका अध्यक्ष प्रकाश शिवकोटीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव अर्जुनकुमार मैनालीले गरेका थिए ।
सभाले अध्यक्ष प्रकाश शिवकोटी, महासचिव अर्जुनकुमार मैनाली र कोषध्यक्ष दिपेन्द्र राउतद्वारा प्रस्तुत प्रतिवेदन पारित भएको कार्यलाय सचिव राजु गौतमले जानकारी दिए । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी फागुन १४ निर्वाचनको मिति तय गरिएको छ ।








































