झापा : बिर्तामोड नगरपालिकाले सूचनाको हक सम्वन्धि एक दिने कार्यशालाको आयोजना गरेको छ । आज आइतबार नगरपालिको सभाहलमा नगरभित्र हुने गरेका काम कारवाहीको विषयमा सबैलाई जानकारी प्रदान गर्न सहज होस् भन्दै सबै नागरिकलाई सूसुचित गराउन सूचनाको हक सम्वन्धि कार्यक्रम गरिएको जनाइएको छ ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला ओली थापाले सूचनाको हक प्रयोग र त्यसको फाइदाका विषयमा जानकारी गराएकी थिइन ।
बिर्तामोड नगरपालिका प्रमुख पवित्रा देवी महतरा प्रसाईको अध्इक्षतामा भएको कार्यक्रममा नगरका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका योजना अधिकृत जय तिम्सिनाले गरेका थिए ।