सुर्खेत । जाजरकोटमा आज फेरि भूकम्प गएको छ । जाजरकोट केन्द्रविन्दु भएर अपरान्ह ४ बजेर ३४ मिनेटमा भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५।८ रेक्टर स्केलको भूकम्प गएको हो । लगत्तै ४ /४० मा ४-५ रेक्टरको अर्को पराकम्प गएको छ ।

यसअघि शुक्रबार राति जाजरकोटको रामीडाँडा नै केन्द्रबिन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा १ सय ५७ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका छन् । भौतिक क्षति उत्तिकै भएको छ । nepalpress.com