मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले मानव हात्ती द्वन्द न्युनिकरण सम्बन्धि विश्व वन्यजन्तु कोष डब्लु डब्लुएफ नेपालको टोलिसंग छलफल सम्पन्न गरेको छ ।
नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नै कार्यकक्षमा नगरका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुख र वन्यजन्तु सम्बन्धि विज्ञ डब्लु।डब्लु।एफ नेपालका टिमसंग छलफल अगाडि बढाइएको हो ।
मेचीनगर क्षेत्रमा मानव(हात्ती द्वन्द न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने छलफलमा नगर प्रमुख बुढाथोकी संगै प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, डब्लु।डब्लु।एफ नेपालका अध्यक्ष डा। घनश्याम गुरूङ, डा। शान्तराज ज्ञवाली, पर्यटन अभियान्ता डा। आलोक प्रसाईंलगायत मेचीनगर १ का वडाध्यक्ष राजेन्द्रकुमार राई, २ नं का वडाध्यक्ष दिपक बराल, ४ नं का वडाध्यक्ष अर्जुनकुमार कार्की, ९ नं का वडाध्यक्ष कञ्चन तामाङ, १३ नं का वडाध्यक्ष कृष्णराज सिग्देल, आरआरटी नेपालका अध्यक्ष न्युटन्स कार्की, वन्यजन्तु अनुशन्धानकर्ता सन्दिप लुइँटेललगायतले आफ्नो धारणा राखेका थिए ।
छलफलमा आफ्नो अस्तित्व जोगाउन अर्कालाई असर पुर्याउने क्रियाकलाप गर्न नहुने बताएका छन् । साथै हात्ती समस्या समाधान गर्न नयाँ प्रविधि अपनाउन सरोकारवाला निकायलाई पहल गर्ने बताएका छन् ।
त्यस्तै नगरपालिकाले पछिल्लो समय हात्ती पिडितलाई तत्कालै राहत स्वरूप प्रदान गर्ने रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ ।
छलफलमा मेचीनगर ११ का वडाध्यक्ष रूद्र डाँगी, १२ का वडाध्यक्ष मधु निरौला, १५ का वडाध्यक्ष राजन भट्टराई, मेचीनगर कार्यपालिका सदस्य तथा पुर्वाधार विकास समिति संयोजक चित्र धिमाल, आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्की, खाद्य विश्लेसक दिपेन्द्र कार्कीलगायतको सहभागीता रहेको थियो ।