भगिनी सम्वन्ध स्थापित गर्न आएको जापानी टोलीलाई अर्जुनधारा नगरले पञ्चेबाजासहित स्वागत सम्मान गरेको छ । अर्जुनधारा नगरपालिकाको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिन बुधवार(आज) आइपुगेको जापानको टोलीलाई नगर प्रमुख बलदेवसिंह गोम्देन , उपप्रमुख खड्गमाया पराजुली सहित कर्मचारीले स्वागत सम्मान गरेका हुन् ।
जापानको इवाते प्रान्त, तोनो शहरका उपमेयर सोकी सुजुकी, उद्योग योजना विभाग मुख्य परीक्षक यासुहिको कुरौची सहितको टोलिलाई नगर प्रमुख गोम्देनले स्वागत सम्मान गर्दै भगिनी सम्बन्ध स्थापित गरी नगरभित्र उत्पादित कृषि जन्य बस्तुको बजारीकरण संगै घरेलु उत्पादित बस्तुलाई अन्तराष्ट्रिय बजारमा पु¥याई कषकको जिवन स्तर उकास्न आतुर रहेको बताए ।
अर्जुनधारा नगरपालिका र जापानको टोनो सिटी लातेबीच भगिनी सम्बन्ध स्थापित गर्न उक्त टोली अर्जुनधारा आएको जनाइएको छ ।
अर्जुनधारा आएको जापानको टोलीले नगरप्रमुख बलदेव र जापानको टोनोसिटी लाते शहरका मेयरबिच जुम मिटिङसमेत गराएको थियो ।
टोलीले नगरमा भएका स्वास्थ्य, शिक्षा, र कृषि सम्वन्धि अध्ययन तथा अबलोकन गरेर भगिनी सम्वन्ध विस्तारका लागि प्रक्रिया अगाडि बढाउने जनाइएको छ । जापानी टोलिले अर्जुनधाराको कृषि, उधोग–पुर्वधार लगायतका क्षेत्रको निरीक्षण समेत गरेको थियो ।