झापा : हिन्दूहरुको महान चाड तिहार नजिकिँदै जाँदा झापाको सदरमुकाम रहेको भद्रपुरमा दशकौंदेखि आयोजना हुँदै आएको कालीपूजाको भव्य तयारी गरिएको छ ।
भद्रपुर वार्ड नं ५ र ६ को संगमस्थल सिकन्दर मार्केटमा ६ दशकअघि सुरु गरिएको काली पूजाको तयारी तीव्र बनाइएको हो ।
 
        
                        
             
        
    
यस वर्ष फरक र थप आकर्षक ढंगले पूजाको तयारी गरिएको आयोजक सार्वजनिक काली पूजा समितिले जनाएको छ । समितिले यस वर्ष आकर्षक पण्डाल निर्माण गरेको छ भने पूजास्थल वरिपरि झण्डै एक किलोमिटरसम्म आकर्षक लाइटिङको व्यवस्था गरिएको समितिका सदस्य मानष घोषले जानकारी दिए ।
धरहरास्वरुपमा निर्माण गरिएको पण्डाल नेपालमै पहिलो भएको सदस्य सञ्जय घोषले बताए । धरहराको बाहिर–भित्र आकर्षक लाइटिङको व्यवस्था गरिने उनले बताए ।
 
        
                        
            _1736908732.jpg) 
        
    
६५ वर्षअघि कालीपूजा गर्न थालिएको सिकन्दर मार्केटमा अहिले युवाहरुले सो पूजालाई निरन्तरता दिएको समितिका संयोजक देवु पकुवालले बताए ।
लक्ष्मीपूजाको दिन आइतबार विधिपूर्वक पूजाआजा गरी सुरु हुने कालीपूजाअन्तर्गत गोवद्र्धन पूजाको दिन मंगलबार बेलुकी विशेष समाारेह गरिने ससमितिका सदस्य मानष घोषले जानकारी दिए । सो दिन भारतको चर्चित सांगीतिक व्याण्ड डाइनामिक म्युजिकको आकर्षक प्रस्तुति रहने छ भने सेक्सोफोन संगीतका कलाकारले पनि प्रस्तुति दिने उनले बताए ।
 
        
    
काली पूजा सम्पन्न गर्न करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउँदै समितिका सदस्य किरण साहले त्यसका लागि भद्रपुर नगरपालिका, वडा कार्यालयहरु, उदोगी–व्यवसायी तथा दानवीर दाताहरुबाट सहयोग जुटाइने जानकारी दिए ।
विगतमा भद्रपुरमा लाग्ने यो पूजामा छिमेकी सीमावर्ती भारतीय श्रद्धालुहरुको पनि व्यापक सहभागिता हुँदै आएकोमा यस वर्ष पनि उनीहरुको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको समितिका सदस्य राजेश पकुवालले जानकारी दिए ।
 
         
                     
         
         
                            
                                                             
         
        


 
         
        






































 
         
        