झापाको बिर्तामोड २ स्थित चारपोनमा आज शुक्रबार बिहान  ५ . ४५ बजेको समयमा गाडिको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ जांदै गरेको प्रदेश ०१ –०–००१ ज ३७६० नम्बरको इलेक्ट्रिक कारले पैदलयात्री बिर्तामोड २ का ५५ वर्षीय गंगाप्रसाद राजवंशीलाई  ठक्कर दिएको थियो । 

ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नबराज न्यौपानेले जानकारी दिए । 

ठक्कर दिने गाडि र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । मृत्यु भएका राजवंशीको शव पोष्टमाटमकालागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।