बिर्तामोड । साहित्य चौतारी  झापाले आगामी कात्तिक २८ गते दक्षिणारहित सामुहिक सडक देउसी खेल्ने भएको छ । 

चौतारीले विगतका वर्षमा  झैं यस वर्ष पनि आगामी कात्तिक २८ गते मंगलबार गोवद्र्धन पूजाका दिन दक्षिणारहित सामुहिक सडक देउसी खेलिने  साहित्य चौतारी  झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए । 

साहित्य चौतारी  झापाको २५ औं रजत वर्ष उत्सवको अवसरमा  महाकवि लक्ष्मीप्रसाद देवकोटाको १५५ औँ जन्म जयन्ती ,नेपाल सम्वत ११४४ र म्ह् पूजा र तिहार विशेष शुभकामना आदानप्रदानसहित  दक्षिणारहित सामुहिक सडक देउसी खेलिने उनले बताए ।

 दक्षिणाकै लागी देउसी खेलिने परम्पराको अन्त्य गर्दै साहित्य, कला, संगीत ,भाषा, संस्कृति, परम्परासहित पूवर्ज(अग्रज)हरुको परम्परा र संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्दै युवा तथा भावी पुस्तालाई  पुस्तान्तरण गर्दै निरन्तरता दिने उद्देश्यले २०५८ सालदेखि दक्षिणारहित सामुहिक सडक देउसी खेल्दै आएको उनले जानकारी दिए ।