झापा ।
झापामा सशस्त्र प्रहरीले तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राइएको प्रतिबन्धित बारुदजन्य विस्फोट पदार्थ पटाका बरामद गरी नष्ट गरेको छ । जिल्लाका विभिन्न सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्राइएको करिब साढे ९ लाख मुल्य बराबरको पटाका बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले जानकारी दिए ।  
        
    
एसपी अर्यालका अनुसार ठुलो परिणाममा प्रहरीले जगमग बम, खुर्सानी बम, रकेट, झिरझिरे, अनार लगायतको पटाकाहरू बरामद गरेको हो ।

        
                        
            
        
    
सशस्त्र प्रहरीले चाडपर्वलाई मध्यनजर गरी सीमा नाकाबाट पटाकाहरू तस्करीको माध्यमबाट भित्रिन थालेपछि  निगरानी बढाउँदा सो मुल्य बराबरको पटाका बरामद भएको हो ।  
बरामद गरिएको पटाकाहरूलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा परिसरभित्र खाडल खनेर स्थानीय जनप्रतिनिधि, झापा उद्योग वाणिज्य संघका प्रतिनिधि,  नेपाल प्रहरीको रोहवरमा शुक्रबार बिहान नष्ट गरिएको छ । 
        
    
        
                    
        
        
                            
                                                            
        


        
        





































