बिर्तामोड । चलचित्र पत्रकार संघ नेपाल झापाको तदर्थ समिति गठन भएको छ । झापाका चलचित्र पत्रकारहरुको भेलाले समिति गठन गरेको हो ।

आज बिर्तामोडमा आयोजित भेलाबाट चलचित्र संघ झापाको तदर्थ समितिको अध्यक्षमा पत्रकार रमेश तिवारी सर्वसम्मत भएका छन् । समितिको उपाध्यक्षमा समिर सुवेदी, सचिवमा एकराज प्रधान, सहसचिवमा सुरज प्रधान र कोषाध्यक्षमा शुभला तामाङ सर्वसम्मत चयन भएका छन् ।

IMG20231110171324

तदर्थ समितिको सदस्यहरुमा सन्तोष न्यौपाने, उद्दव पुरी , निराजन निरौला, रविकिरण वान्तावा, सुनिता तामाङ, अस्मिता साँखी, दिपेन भेटवाल, सन्तोष शर्मा, अभिषेक धमला र नगेन्द्र नेपाल चयन भएका छन् ।

संघका कोशी प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय अध्यक्ष समिर बलामीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि बलामीले चलचित्र पत्रकारिता अलग्गै विट भएको बताएका छन् । उनले पर्यटन क्षेत्रको विकासमा चलचित्रको भूमिका महत्वपूर्ण भएको बताउँदै पत्रकारिता क्षेत्रबाट त्यसमा कलम चलाउन जरुरी रहेको बताए ।