काठमाण्डौ – भारतीय क्रिकेटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरको नाममा रहेको सर्वाधिक शतकको रेकर्ड तोडेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगको खेलमा शतक बनाउँदै कोहलीले सचिनको सर्वाधिक ४९ शतकको रेकर्ड तोडेका हुन् । योसँगै कोहली एकदिवसीय क्रिकेटमा ५० शतक बनाउने पहिलो खेलाडी बनेका छन् । तेन्दुलकरले ४ सय ५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए । कोहलीलै मात्र २ सय ७९ इनिङ्समा ५० औँ शतक बनाए ।

क्रिकेटको ३ वटै फर्म्याट ९टेस्ट, एकदिवसीय र टी–२०० मा गरेर सय शतक बनाउने रेकर्ड भने सचिनको नाममा छ । उनले टेस्टमा ५१ र एकदिवसीयमा ४९ शतकसहित यो उपलब्धि हासिल गरेका हुन् । सर्वाधिक शतकको दोस्रो नम्बरमा रहेका कोहलीले टेस्टमा २९, एकदिवसीयमा ५० र टी–२० मा १ गरेर शतक सङ्ख्या ८० पुर्‍याएका छन् । ujyaloonline.com