पूर्वपश्चिम राजमार्ग अन्तरगत कमल गाउंपालिका ३ स्थित सहिद गेट नजिकै दुर्घटना हुंदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २१ प ७७ नं. को मोटरसाइकल आज बुधबार सांझ ४ ः ३० बजेको सयमा  भैसीसंग  ठोकिंदा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका ४ का २५ वर्षीय मदन मगरको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । 

त्यस्तै मोटरसाइकलमा पछाडि सवार इटहरी ४ का अभिषेक चौधरी घाईते भएको प्रहरीले जनाएको छ ।  उपचारको लागि बीएण्डसी अस्पताल ल्याइएकोमा चालकको अस्पताल ल्याई पु¥याउंदै  मृत्यु भइसकेको जनाइएको छ । चौधरीको भने त्यही उपचार भइरहेको छ ।