अर्जुनधारा : झापाको अर्जुनधारा नगरपालिकाले नगरबासीलाई सुधारिएको चुलो वितरण गर्ने भएको छ ।   बिभिन्न वडा भित्रका घरपरिवारलाई निःशुल्क सुधारिएको चुलो वितरण गरिने नगरप्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए । 

प्रति गोटा ५ हजार ५ सय मूल्य पर्ने धुवाँरहित बिजुलीबाट थोरै दाउरामा पनि चल्ने सुधारिएको चुलो वितरण गरिने नगरप्रमुख गोम्देनको भनाई छ । 

gomden

वितरण गरिने उक्त चुलो आज शनिबार नगरपालिकामा आइपुगेको छ । नगरप्रमुख गोम्देनका अनुसार जम्मा ३ हजार ७ सय चुलो वितरण गरिने छ । आज पहिलो पटक ९ सय वटा चुलो नगरपालिकामा आइपुगेको उनले जानकारी दिए । 

उक्त चुलो इपिसी नेपालका झापा संयोजक अमर मेचेले नगर प्रमुख गोम्देनलाई एक संक्षिप्त कार्यक्रमकाबिच आज शनिबार हस्तानतरण गरेका थिए । 

2 pic chulo

नगरप्रमुख गोम्देनको पहलमा इन्भाइरोमेन्ट प्रोटेक्सन सेन्टर (इपिसी) नेपाल रौतहटले उक्त सुधारिएको चुलो अर्जुनधारालाई उपलब्ध गराएको हो । नगरपालिकाले इपिसीलाई एउटा चुलो बराबर २ सय रुपैंया मात्र ढुवानी बापत तिर्नु पर्ने बताइएको छ । नगर प्रमुख गोम्देनले परम्परागत चुलोका कारण स्वाथ्यमा असर पर्ने भएपछि नगरबासीलाई दाउरा कम लाग्ने र धुवाँ नियन्त्रण हुने सुधारिएको चुलो वितरण गर्न लागिएको बताए । उनले आफैं टिम बनाएर छठ पर्व पछाडि नगरभित्र रहेका  विपन्न बगको पहिचान गरी  चुलो वितरण गरिने बताए । 

सुधारिएको चुलोको प्रयोगले दाउरा प्रयोगमा कमि भई दाउरा जम्मा गर्न लाग्ने समय र श्रम, खर्चमा समेत कमि ल्याउन सकिने बताइएको छ ।