लक्ष्मीपुर । पाण्डव बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनका अवसरमा दश जनालाई सम्मान गरिएको छ ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ मा रहेको संस्थाको शनिवार (आज) बिहीवारेस्थित नवदुर्गा पञ्चाययन मन्दिरको भवनमा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

संस्थाले जेष्ठ सदस्यका रुपमा अनन्तकुमारी ढुङ्गेल, असल बचतकर्ताका रुपमा पार्वती आचार्य, असल ऋणिका रुपमा गीता श्रेष्ठ, उत्कृष्ट कृषकका रुपमा हरिकृष्ण खड्का, उत्कृष्ट कर्मचारी नेहा तामाङ, पूर्व सञ्चालकका रुपमा उमाकान्त लम्साल र रमा पाण्डेलाई सम्मान गरेको छ । त्यस्तै स्वास्थ्य सेवा दिएबापत झापा पोलिक्लिनिका हेमराज चापागाई र सहारा पोलिक्लिनिकका रणधीर कपुर गोहीतलाई पनि सम्मान गरेको छ ।

उनीहरुलाई प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सह–सचिव कृष्णप्रसाद मिश्र, संस्थाका पूर्व अध्यक्ष अर्जुन रेग्मी, संस्थाका अध्यक्ष पुष्पबहादुर घलेले सम्मानपत्रसहित नगदले सम्मान गरेका थिए ।

आर्थिक बर्ष २०७९÷०८० असार मसान्तसम्ममा एकहजार ३ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी एक करोड ११ लाख ५५ हजार ८०० रुपैयाँ रहेको अध्यक्ष घलेद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाको निक्षेप २ करोड ५ लाख २१ हजार २६४ र कर्जा लगानी ३ करोड ३ लाख ८६ हजार ६४५ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा छ ।

कार्यक्रममा प्रमुख अतिथि मिश्र, बागेडाँगी त्रिवेणी साकोसका अध्यक्ष छबिलाल लम्साल, संस्थापक अध्यक्ष अर्जुन रेग्मीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।