आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि विधिवत सम्पन्न भएको हो । झापामा पनि छठ पर्व सभ्य र भब्य रुपमा सम्पन्न भएको छ ।
चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो भने आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो । झापामा रहेका मेची, बिरीङ, नीन्दा, रतुवा, मावा, अदुवा सहितका ठुला तथा साना नदी किनारामा निमार्ण गरिएका पण्डालमा श्रद्धालु भक्तजनको भीड रहेको थियो । उनीहरुले
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने कामनासहित आदि देव सूर्यको उपासना गरी अत्यन्त श्रद्धापूर्वक छठ पर्वक मनाएका हुन् ।
छठपर्वको पहिलो ब्रतालुले नुहाएर अरबा अरबाईन भोजन गरेका थिए । दोस्रो दिन साँझ चाकुमल, दूध र सक्खर मिसाएर बनाइएको खीर प्रसादको रुपमा चढाउँदै ग्रहण गरेका थिए ।
तेस्रो दिन हिजोअस्ताउँदो सूर्यलाई पूजासमाग्रीसहित अर्घ्य दिएका थिए । चौथो दिन आज उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ पर्व विधिवत समापन भएको हो ।
यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
पहिला पहिला मिथिलाञ्चलसहित तराई मधेशक बासिन्दाले मात्र मनाउने छठ पर्व पछिल्लो पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।