काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको अभियानमा साथ दिन आएका महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघको संलग्नता नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेलाई बनाउन गराउने षड्यन्त्र भएको हुनसक्ने आशंका गरे ।

उनले भने, ‘आज बिहान एउटा भिडिओ आएपछि मैले युवा संघलाई सोधेको थिएँ । युवा संघले पनि भिडिओ हेरेर थाहा पायौं भन्छ । हाम्रो कुनै संलग्नता छैन भन्छ । यो आफैं बिरामी आफैं झाँक्री के भन्छ नि १ त्यस्तै कुरा हुनसक्छ । तर, युवा संघको यस्तो खालको क्रियाकलाप होइन हुन सक्दैन भनेर मलाई बताएको थियो । हामी यस सम्बन्धमा स्पष्ट पर्छौं, हाम्रो संलग्नता छैन अध्ययन गर्दैछौं भनिसक्या छ । हाम्रो संलग्नता नभएको युवा संघले मलाई बताएको छ ।’

अनेक प्रकारको षड्यन्त्रले एमालेलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने कोसिस भइरहेको बताए । उनले एमालेभित्र रहेर कसैलाई गल्ती गर्ने छुट नभएको बताउँदै बद्नाम गर्न खोजे स्वीकार्य नहुने बताए । आफ्नो पार्टीको नेताहरूबारे नराम्रो कुरा आए यो हुन सक्दैन भनेर त्यहीँ खण्डन गर्न निर्देशनसमेत दिए । nepalpress.com