कांकरभिट्टा : कांकरभिट्टामा लागु औषध (खैरो हिरोइन) सहित तीन जना पक्राउ परेका छन् । शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुलाई बुधबार आज मेचिनगर ६ स्थित मेचीपुलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ पर्नेमा मेचीनगर ९ स्थित ब्राखा बजार बस्ने २८ बर्षीय अरुण दर्जी , त्यस्तै मेनपा १० सातपाखे डांडा बस्ने बर्ष ४६ को भोजबहादुर सार्की रहेका छन् ।
भारतबाट नेपाल तर्फ आउंदै गरेका उनीहरुले साइकलको हेन्डिल भित्रको प्वालमा लुकाएर लागुऔषध ल्याएका थिए । शंका लागेर चेकजाँच गर्दा प्रहरीले उनीहरुको साथबाट १ ग्राम ४ सय मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ ।
त्यस्तै आजै प्रहरीले दिउंसो मेचिपुलबाटै भारत डिम्बापुर घर भई मेचीनगर ३ स्थित भृकुटीमा डेरा गरी बस्ने बर्ष २२ को युवराज गिरीलाई पनि पक्राउ गरेको जनाएको छ ।
भारतबाट नेपाल तर्फ आउंदै गरेको प्रदेश ०१–०१–०१५ प ७३३४ नम्बरको स्कुटरमा सवार गिरीको साथबाट प्रहरीले ५ ग्राम ३ सय मिलिग्राम लागु औषध खैरो हिरोइन बरामद गरेको जनाएको छ । उनले लगाएको ज्याकेटको भित्रि गोजीमा लागु औषध लुकाएर ल्याएका थिए ।
तिब्र गतिमा स्कुटरमा आउंदै गरेक गिरीलाई प्रहरीले चेकजाँच गर्दा उक्त परिणामको लागु औषध बरामद भएको हो । उनीहरु तीनै जना लागु औषध कारोबारी तथा प्रयोगकर्ता भएको जनाइएको छ ।
उनीहरुलाई लागु औषध नियन्त्रण ब्यूरो कार्यालय कांकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।
पक्राउ परेका हाल इलाका प्रहरी कार्यालय कांकरभिट्टामा रछन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।